बाजुरामा कोरोनाको कारण २ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाजुराकी २ वर्षीया बालिका रहेकी छिन् ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

ती बालिकाको शनिवार राति करिब २ बजेको समयमा मृत्यु भएको श्रेष्ठले बताए ।

यद्यपी यस विषयमा मन्त्रालयले भने आधिकारीक जानकारी दिन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?