काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २३१ प्रहरीको कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
सुरक्षाको अग्रमोर्चामा खटिएका २३१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
तीमध्ये शनिवार २१६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने बाँकी १५ जनाको आइतवार रिपोर्ट नेगेटिभ आएको हो ।
त्यससँगै उनीहरु सबै काममा फर्किएका छन् ।
त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा कोरोना पुष्टि भइ जोखिम थपिएकाले अन्यको पनि कोरोना परीक्षण गरिएको थियो ।
कोभिड–१९ सङ्क्रमण भएका दुई प्रहरीको दुवै परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’ भइसकेका छन् ।
साथै सो क्षेत्रमा खटिने ५१ जना ट्राफिक प्रहरीको समेत परीक्षण भएको थियो।
सुरक्षाको अग्रमोर्चामा खटिने हालसम्म देशभर २० प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। उनीहरुमध्ये धेरैको उपचार भइरहेको छ । भने उपचारपछि रिपोर्ट नेगेटिभ आएकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको स्रोतले जनाएको छ ।
यो पनि
कालिमाटी आसपासमा खटिने २१६ प्रहरीको पीसीआर रिपोर्ट आयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया