प्रियंका कार्कीको चोली छोटो भएपछि…… भिडियो सहित

काठमाण्डौं, ४ असोज ।नायिका प्रियंका कार्की अभिनित चोली छोटो बोलको गीत सार्वजनिक भएको छ । कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’मा समावेश गीतमा प्रियंका हट अवतारमा देखिएकि छन ।अर्जुन कुमार फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन । गीतमा मिना निरौला र शंकर थापाको स्वर रहेको छ । डीपी खनालले शब्द रचना गरेको गीतमा संगीत शंकर थापाकै रहेको छ ।फाटेको जुत्तामा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डेको मुख्य भूमिका छ । चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?