गाईलाई किन पूजा गरिन्छ ? यस्तो छ रहस्य !

काठमाडौं । गाईलाई हिन्दूधर्मावलम्बीहरु गौमाता तथा लक्ष्मीस्वरुपाका नाले पुकार्ने गर्दछन् ।

गाईको सेवा गरेमा सबै पाप नष्ट हुने बताइन्छ । तर के तपाईले कहिल्यै गाईलाई किन पूजा गरिएको छ भन्ने बारेमा सोच्नु भएको छ ? यदि छैन भने आज हामी गाईलाई किन पुज्छौँ भन्ने बारेमा जानकारी दिनेछौँ ।

गौमाताको सिङको तल्लो भागमा व्रह्मा र भगवान विष्णुको वास हुन्छ । साथै सिङको अग्र भागमा तीर्थ रहने विश्वास गरिन्छ । साथै बीचमा महादेवले बास गर्दछन् ।

गाईको निधारमा गौरी, नाकको अग्र भागमा भगवान कार्तिकेय, नाकको दुई प्वालमा कम्बल र अश्तर नाग बस्ने गर्दछन् ।

गाईको कानमा अश्विनी कुमार, आँखामा चन्द्रमा र सूर्यदेव, दाँतमा आठ वशुगण, जिब्रोमा वरुण, कण्ठमा माता सरस्वतीको वास हुने गर्दछ ।

सबै देवीदेवताहरु गौमाताको शरीरमा रहने भएकोले गाईलाई पूजा गर्ने गरिन्छ ।

सबै देवी देवताहरु र सबै तीर्थ व्रतादीहरु गाईको शरीरमा लिप्त रहने भएकोले गौमातालाई लक्ष्मीस्वरुप मानेर पूजा गर्ने गरिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?