संविधान संशोधन विधेयक संसदमा पेस

काठमाडौं । आइतवार नेपालको संविधान दोस्रो संशोधन विधेयक संसदमा पेस भएको छ ।

आइतवार विहान ११ बजे बसेको संसद बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

नेपालको अतिक्रमित भूमीसहितको नक्सा जारी गरेसँगै निशान छापमा भएको नक्सा परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्नेछ । त्यहि अनुसार संविधान संशोधन गर्न लागिएको हो ।

संविधान विधेयक विधेयक संसदमा पेश गर्दै कानूनमन्त्री डा तुम्बाङ्फेले भनिन्–‘‘नेपालको संविधानको धारा ९ को उपधारा २ मा नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भए बमोजिम व्यवस्था भएको बमोजिक नेपाल सरकारले हालै जारी गरेको राजनीतिक तथा प्रशासनीक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुरुपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसुची ३ को निशान छापभित्र अंकित नेपालको नक्सा नेपालको वास्तविक सीमा अनुरुप मिलाउनुपर्ने भएकोले अनुसूची ३ मा संशोधन गर्नुपर्ने यो विधेयक पेस गर्दछु ।’

संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सहमत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?