काठमाडौं । एलोन मस्कको स्पेस एक्स कम्पनीद्वारा डिजाइन तथा निर्माण गरिएको रकेटले नासाका अन्तरिक्ष यात्रीहरुको साथमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आइएसएसका लागि उडान भरेको छ ।
मिशन २७ मेमा लञ्च गर्ने भनिए पनि अन्तिम समयमा भएको मौसम खराबीका कारण ढिला भएको थियो ।
यो ९ वर्ष पछि पहिलो पटक हो । यो भन्दा अगाडि नासाले सन् २०११ मा आफ्नो अन्तरिक्ष शटल कार्यक्रमलाई बन्द गरेको थियो ।
कुनै पनि अन्तरिक्ष यान कम्पनीले आफ्नो रकेटको प्रयोग मानिसका लागि अन्तरिक्षमा जान प्रयोग गरेको यो पहिलो पटक हो ।
अमेरिकी समय अनुसार शनिवार दोश्रो प्रहरको तीन बजेर २२ मिनेट जाँदा रकेट लञ्च भएको हो ।
We have liftoff. History is made as @NASA_Astronauts launch from @NASAKennedy for the first time in nine years on the @SpaceX Crew Dragon: pic.twitter.com/alX1t1JBAt
— NASA (@NASA) May 30, 2020
दुबै अन्तरिक्ष यात्रीहरु सबै तयारीका साथ रकेटमा चढेपछि अन्तरिक्षका लागि रकेट लञ्च भएको नासाले बताएको छ ।
एलोन मस्को कम्पनी स्पेक्सको रकेट अन्तरिक्ष यात्री रोबर्ट लुईस बेह्नकेन र डगलेस हर्लेलाई आइएसएससम्म लिएर जानको लागि यो लञ्च गरिएको हो ।
यो यात्रा १९ घण्टासम्म रहनेछ । यसलाई लिएर इन्टरनेशनल स्पेस सेन्टर (आइएसएस) पुग्नेछ ।
सन् २०११ पछि यो पहिलोपटक अमेरिकी अन्तरिक्ष यात्री आफ्नै माटोबाट आइएसएस पुग्नेछन् । यो भन्दा पहिला रुसको सोयुजको सहयोग लिने गर्दथे ।
जोएफ केनडी स्पेस सेन्टरले यो भन्दा पहिला पनि केहि लञ्च गरेको थियो । चन्द्रमामा जानेवाला अपोलो, मंगल ग्रहमा जाने मरिनर पनि त्यहिँबाट लञ्च गरिएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया