काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ७१ हजार ६जनाको मृत्यु भएको छ भने ६१ लाख ६० हजार २९५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २७ लाख ३८ हजार २८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ५१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ५ हजार ५५७ जनाको मृत्यु भईसकेको छ भने १८ लाख १६ हजार ८२० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५ लाख ३५ हजार २३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ४ लाख ९९ हजार ९६६ जनालाई संक्रमण भएको छ भने २८ हजार ८४९ जनाको मृत्यु भएको छ । त्यस्तै आज मात्रै त्यहाँ १५ जनाको मृत्यु भईसकेको छ भने १ हजार ५२६ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा २ लाख ५ हजार ३७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ५५५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९६ हजार ५७५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ६७ हजार ४६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १२५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८६ हजार ३०८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३८ हजार ३७६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७२ हजार ८२६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ३४० जनाको मृत्यु भईसकेको छ भने २ लाख ३२ हजार ६६४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५५ हजार ६३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २८ हजार ७७१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८८ हजार ६२५ जनालाई संक्रमण भएको छ । त्यहाँ ६८ हजार २६८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ६०० जनाको मृत्यु भएको छ भने १ लाख ८३ हजार २९४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ६४ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार १८५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८२ हजार १४३ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै थप ३१६ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा ८६ हजार ९८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ५१५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६३ हजार १०३ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख २६ हजार ९८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ३७१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५५ हजार ६७१ जनालाई संक्रमण भएको छ । त्यहाँ ६६ हजार ४४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ७३४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४८ हजार ९५० जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख १६ हजार ८२७ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५३३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै क्यानडामा ७ हजार ७३ जनाको मृत्यु भईसकेको छ भने ९० हजार १९० जनालाई संक्रमण भएको छ । त्यहाँ ४८ हजार १०३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म ९ हजार ७७९ जनाको मृत्यु भईसकेको छ भने ८७ हजार ५१२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ३६४ जनाको मृत्यु भईसकेको छ भने आजै २ हजार ८८५ जना नयाँ संक्रमित थपिएका छन् । मेक्सिकोमा ६१ हजार ८७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार १ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३०४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ४८३ जनाको मृत्यु भईसकेको छ भने ६९ हजार ४९६ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ८८ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ३९ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ २५ हजार २७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ४५३ जनाको मृत्यु भईसकेको छ भने ५८ हजार १८६ जनालाई संक्रमण भएको छ । त्यहाँ १५ हजार ७६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ५ हजार ९५१ जनाको मृत्यु भएको छ भने ४६ हजार २५७ जनालाई संक्रमण भएको छ । त्यहाँ १७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टायता विश्वमा ५०० जनाको मृत्यु भएको छ भने ९ हजार ८१२ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया