डडेल्धुरा – डडेल्धुराको क्वारेन्टाइनमा बसेका बालकको मृत्यु भएको छ।
मृत्यु भएका बालक डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का हुन् । साढे ६ वर्षका ति बालक मलेरीया बाट ग्रसित रहेको र उपचाररत रहेको बुझिएको छ ।
गएराति १२ बजे डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका उनको मृत्यु भएको डडेल्धुराका प्रहरीले जनाएको छ ।
भारतको मुम्बइबाट गत आईबार आमाबाबुसँगै उनी गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए ।
बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
बालकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ।
उनमा कोरोना भए नभएको जाँच्न उनको थ्रोट स्वाब संकलन गरेर अस्पताल पठाइँदैछ ।
यसअघि दैलेखको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणको लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको थियो । अर्थात् उनमा कोरोना संक्रमण रहेको पाईयो । नेपालमा हालसम्म कोरोनको कारण ७ जनाको मृत्यु भइसकेको छ भने १४०१ जना संक्रमित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया