कोरोनाको प्रकोप : भारतमा शनिवार एकैदिनमा थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीले यतिबेला सारा विश्व ग्रस्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीबाट ३ लाख ७१ हजार ६ जनाको मृत्यु भईसकेको छ भने ६१ लाख ५९ हजार ९५३ जनालाई संक्रमण भएको छ भने २७ लाख ३ ३८ हजार १७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ५१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार १८५ जनाको मृत्यु भएको छ भने १ लाख ८१ हजार ८२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८६ हजार ९३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा शनिवार एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । शनिवार मात्र त्यहाँ ८ हजार ३३६ जना संक्रमित थपिएका छन् भने २०५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?