काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्व त्रस्त बनेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ७१ हजार ६ जनाको मृत्यु भईसकेको छ भने ६१ लाख ५९ हजार ९५३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २७ लाख ३८ हजार १७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ५१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अहिलेसम्म विश्वका २१३ वटा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामकारीका कारण अमेरिकामा १ लाख ५ हजार ५५७ जनाको मृत्यु भईसकेको छ भने १८ लाख १६ हजार ८२० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५ लाख ३५ हजार २३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकामा शनिवार मात्रै २३ हजार २९० जना संक्रमित थपिएका छन् भने १ हजार १५ जनाको मृत्यु भएको छ ।
अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २९ हजार ८२९ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ७८ हजार ९५१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा अहिलेसम्म १ लाख ६० हजार ९१६ जनालाई संक्रमण भएको छ भने ११ हजार ६३७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया