काठमाडौं – बेल्जियमका राजकुमारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
राजदरबारका अनुसार २८ वर्षीय राजकुमारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । लकडाउनका समयमा स्पेनको एक पार्टीमा सहभागी भएका बेल्जियमका राजकुमार योआखिमलाई कोरोना भाइरसको संक्रमण भएको त्यहाँका अधिकारीलाई उदृद गर्दै बिबिसीले जनाएको छ । उनी मे २६ मा इन्टर्नसिपका लागि बेल्जियमबाट स्पेन गएको दरबारले जनाएको छ ।

त्यसको दुई दिनपछि उनी स्पेनको दक्षिणी सहर कोर्दोबामा भएको एक पार्टीमा सहभागी भएका थिए । बेल्जियमका राजा फिलिपेका भतिज राजकुमार योआखिम सहभागी भएको पार्टीमा करिब २७ जना मानिस रहेको समाचारमा जनाइएको छ । यो खबर पश्चात् पार्टीमा सहभागी भएका सबै अहिले क्वारेन्टाइनमा छन् ।
कोर्दोबाको लकडाउन नियम अनुसार सो संख्यामा मानिस सहभागी भएर पार्टी गर्नु गैरकानुनी हो । सो क्षेत्रमा अहिले १५ जनाभन्दा बढी एक ठाउँमा जम्मा हुन नपाउने प्रावधान छ । स्पेनिस प्रहरीले सो पार्टीका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । लकडाउन उल्लंघन गर्नेलाई १० हजार युरोसम्म जरिवाना तिराइने छ।
संक्रमित राजकुमार योआखिममा सत्ताको लाइनमा १० औं स्थानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया