लम्फुले सार्वजनिक गर्‍यो एकसाथ तीन पोस्टर

काठमाडौं, ३ फागुन – आगामी वर्षको बैशाख २८ गतेदेखि रिलिज हुने चलचित्र लम्फुले एकसाथ तीन पोस्टर सार्वजनिक गरेको छ । तीनै पोस्टर फरक छन् । पोस्टरमा अभिनेता कविर खड्का, तरकारीवालीका माध्यमबाट चिनिएकी कुसुम श्रेष्ठ, मरिष्का पोखरेल र चाँदनी शर्मा पनि छन् । साथै सलोन बस्नेतलाई पनि पोस्टरमा देख्न सकिन्छ । एक युवाको जीवनमा आइपर्ने समस्यालाई कथानक बनाइएको चलचित्रलाई भूपतिले लेखेका हुन् । दीपक बज्राचार्यको छायांकन रहेको लम्फूमा हरि सिलवालको सम्पादन छ भने चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?