अब संक्रमितको उपचार घरमै, यसरी गरिँदै छ अस्पतालको बर्गीकरण

कोभिड–१९ संक्रमितको उपचार घरमै गर्ने तयारीमा सरकार रहेको खबर नयाँ पत्रिकामा छापिएको छ।
संक्रमितको संख्या बढ्दै गएको अवस्थामा अस्पतालमा बेड नहुने भएपछि अब संक्रमितले घरमै उपचार गर्नुपर्ने अवस्था आएको समाचारमा उल्लेख छ ।

‘नेपालमा करिब १५ सयसम्म संक्रमित हुने अनुमानका आधारमा तयारी गरिएकोमा संक्रमण तीव्र गतिमा फैलिएकाले अब उपचारको व्यवस्था नै परितर्वन गर्नुपर्ने अवस्था आएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । मन्त्रालय स्रोतका अनुसार अब घरमा बसेका, तर गम्भीर समस्या नभएका संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लागू गर्ने तयारी सरकारको छ । त्यस्तै अस्पतालमा भर्ना भएका, तर स्वास्थ्य सामान्य भएका संक्रमितलाई पनि घर पठाइने विषयमा छलफल भएको छ ।

‘स्वास्थ्य सामान्य भएका अथवा लक्षण नै नदेखिएका संक्रमितलाई अस्पतालमा लगेर उपचार गराउन सम्भव देखिएन । अब संक्रमितलाई पनि स्वास्थ्य अवस्थाका आधारमा वर्गीकरण गरेर सेवा दिने भएको हो,’ मन्त्रालयका प्रवक्ता ड देवकोटाले भने, ‘यो विषयमा छलफल भइरहेको छ, तर निर्णय भइसकेको छैन ।’

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोभिड अस्पताललाई पनि तीन समूहमा वर्गीकरण गरिनेछ । मृत्युसँग लडिरहेका अन्तिम अवस्थाका बिरामी, गम्भीर बिरामी र सामान्य बिरामीलाई अलग–अलग समूहमा राखिनेछ । कोभिड संक्रमितको संख्या धेरै देखिएका र मृत्युको संख्या बढी भएका देशमा पनि यही सूत्रमा उपचार भइरहेकाले नेपालमा त्यही अनुसरण गर्न थालिएको मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?