चकलेटमा कर घटाउने सरकारले पुस्तकको कर हटाएन

व्यापार घाटा कम, कर छलीलाई निरुत्साहित र स्वदेशी उद्योग प्रवर्द्धन भन्दै पुस्तकको भन्सार महसुल जारी राखेपनि बजेटले चकलेट आयातमा लाग्ने महसुल भने घटाएको छ ।
पुस्तक आयातमा लगाइएको भन्सार महसुलबाले चौतर्फी विरोध भएपनि आगामी आर्थिक वर्षमा समेत यसले निरन्तरता पाउने छ ।
बजेटसँगै संसदमा पेस गरिएको आर्थिक विधेयकमा पुस्तकसम्बन्धी भन्सार दरमा कुनै परिवर्तन गरिएको छैन ।
चकलेट आयातमा भने ४० प्रतिशत लाग्दै आएको भन्सार महसुललाई ३० प्रतिशतमा झारिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?