गुल्मी। गुल्मी जिल्लाको एक विद्यालयको क्वारेन्टाइनमा बसेकाले एक जनाले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका ४ दिगाम स्थित आर्दश माबिको क्वारेन्टाइनमा बसेका ५६ वर्षिय चन्द्र बहादुर परियारले आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्का अनुसार परियारले क्वारेन्ठटाइन स्थालमा नै आत्महत्या गरेका हुने भने मृतकको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याउन लागिएको छ ।
यहाँका एक जनप्रतिनिधिलाई कोरोना आशंका पछि स्थानी सरकार आफै गायब भएको क्वारेन्टाइनमा बस्नेहरुको गुनासो छ । क्वारेन्टाइनमा केही स्वयंसेवक बाहेक स्वास्थ्यकर्मी र जनप्रतिनिधीको उपस्थिती नहुदा त्यहा बस्नेहरु निराश छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया