अमेरिकामा बितेको २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको असर सबैभन्दा बढी देखिएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनको संख्या १ लाख ४ हजार ९ सय ९६ पुगेको छ । बितेको २४ घण्टामा मात्र थप १० हजार २ सय ३६ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १८ लाख ३ हजार ७ सय ६६ पुगेको छ ।

त्यस्तै हालसम्म ५ लाख २० हजार ९ सय ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १७ हजार २ सय ५ जनाको अवस्था गम्भीर रहेको र बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय ५३ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?