काठमाडौं । नेपाली कांग्रेसले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको शनिबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्नं संसदिय दललाई निर्देशन गरेको हो ।
कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलका अनुसार सुगौली सन्धिले प्रष्ट भनेको सिमांकन अनुसार बनेको नया नक्सा अनुसारको निशान छाप परिवर्तनको लागि दर्ता भएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न पाटी संसदिय दललाई निर्देशन गर्ने निर्णय भएको छ ।
साथै कांग्रेसका मधेश केन्द्रित केन्द्रिय सदस्यहरुको मागअनुसार तराई मधेशको माग समेटिएको संविधान संशोधन विधेयक उपयुक्त समयमा संविधान संशोत्रन विधेयक दर्ता गर्न पनि संसदिय दललाई जिम्मा दिइएको छ ।
सरकारले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक शुक्रबार संसद सचिवालयमा दर्ता गरेको थियो । भने संघीय संसद सचिवालयले आइतबारको बैठकका सम्भावित कार्यसूची तय गरेको छ । जसअनुसार सो प्रस्ताव पास हुन दुई तिहाइ चाहिन्छ भने त्यसका लागि काँग्रेसको साथ रहेसँगै पुग्नेछ । संसदमा संशोधन प्रस्ताव पेश भएर छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनेछ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ । यस्तै उनले संविधानको दोस्रो संशोधन विधेयक २०७७ पेश गर्नेछिन् ।
यसबाहेक सम्भवित कार्यसूचीमा वार्षिक अनुमानमाथिको छलफल पनि शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया