सउल । कास्की, पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आउनुभएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीवार मृत्यु भएको छ ।
भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना श्रीमान्का साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन्।
घटनाबारे सउलस्थित नेपाली राजदूतावासमा जानकारी आए पनि औपचारिक रुपम थाहा भइनसकेको श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए ।
केही दिनयता कोरियामा नेपालीको मृत्यु हुने क्रम लगातार जस्तै देखिएको छ । गत सोमवार मात्रै धादिङकी मैती तामाङको आफ्नो कार्यस्थलमा एक तलामाथिबाट लडेर उपचारका क्रममा मृत्यु भएको थियो ।
त्यस्तै दुई साता अगाडि स्याङ्जाका खड्गबहादुर थापा सुतेकै अवस्थामा मृत फेला परेका थिए । थापाको शव नेपाल लाने अवस्था नभएपछि गत आइतवार कोरियामै अन्तिम संस्कार गरिएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया