नेपाली युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा भन्दै प्रहरीले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सोह्रखुट्टेमा एक नेपाली युवतीमाथि बाटोमा अभद्र व्यवहार गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए ।

बाटोमा हिँडिरहेकी एक युवतीलाई दुर्व्यवहार गरेको देखेपछि शनिवार साँझ स्थानीयले चिनियाँ नागरिकमाथि कुटपिट गरेको बताइएको छ ।

युवतीमाथि दुर्व्यवहार गरेको जानकारी पछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको डीएसपी खड्काले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?