एकैपटक कालिकोटका १७ जनामा कोरोना संक्रमण

काठमाडौं । कालिकोट र बाजुरामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणका क्रममा कालिकोटका १७ र बाजुराका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै त्यँही गरिएको परीक्षणको क्रममा दैलेखका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिवार साँझ दिएको जानकारी अनुसार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै शनिवार दिउँसो पहिलोपटक संखुवासभाका २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालका ७ वटै प्रदेश र ५५ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म २ सय १९ जना कोरोना उचारपछि निको भएर घर फर्किएका छन् भने ७ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

शनिवार दिउँसो मात्र नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?