एलपी पौडेल / सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ७८ पुगेको छ । शनिवारमात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परिक्षणमा ३२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना पोजेटिभ हुनेमध्ये शनिवार बिहान क्वारेन्टाइनमा मृत्युु भएका दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय युवकसहित अन्य ३२ जना रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले बताए । उनका अनुसार कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाबाट शनिबार बिहान १४ जनाको रिपोर्ट पोजेटिभ आएको र शुक्रबार साँझ दैलेखका मृतक युवकसहित १८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
शुक्रबारसम्म कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या ४६ थियो । शनिबार ३२ जना थपिएसंगै कर्णालीमा संक्रमितको संख्या ७८ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
भारतबाट केहि दिनअघि आइ क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए । नयाँ संक्रमितबारे थप विवरण प्राप्त नभएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया