हेर्नुहोस् २०७७ साल जेठ १८ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ १८ गते । आईतवार । इ.स.२०२० मे ३१ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण ।

ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । जेष्ठ शुक्लपक्ष । तिथी– नवमी,१४ बजेर ५० मिनेट उप्रान्त दशमी । नक्षत्र– उत्तरफाल्गुनी,२४ बजेर ५२ मिनेट उप्रान्त हस्त । योग वज्र,१४ बजेर ४६ मिनेट उप्रान्त सिद्धि ।

करण–कौलव,१४ बजेर ५० मिनेट उप्रान्त तैतिल, २५ बजेर ३८ मिनेट उप्रान्त गर । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–सिंह,०८ बजेर ०४ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ६ बजेर १० मिनेटमा, सूर्यास्त १८ बजेर ५३ मिनेटमा । दिनमान ३४ घडी १६ पला । सर्वार्थसिद्धि योग अहोरात्र। विश्व धूमपानरहित दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेको छ ।

दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पढाई लेखाईमा अरु भन्दा एक कदम अगाडि बढी नतिजा आफैँतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउनेछ ।

माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ ।

अन्य व्यापार व्यवसायमा मन्दी आउनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आँट,शाहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेकोछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पारिवारिक माहोलमा समय बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यतित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

आफन्त तथा कुटुम्बको सहयोग पाईनाले कामहरु तीव्र गतिमा अगाडि बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पुराना कमी कमजोरीहरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ ।

विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

आफन्त तथा परिवारका साथ घरमै बसेर समय व्यातित गर्न पाउँदा मन प्रशन्न हुनेछ । बिहानको समय मध्यम रहेकोले बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

न्यायसंगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्तसँग सैद्धान्तिक राय बाजिनेछ ।

अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । प्रेममा धोका तथा अविश्वास सिर्जना हुनेछ । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी दिनलाई फलदायी बनाउनेछन् । अध्ययनमा थोरै मिहेनतले राम्रो सफलता हात पार्न सकिनेछ ।

अग्रजहरुको धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धर्म तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । खोजीमुलक क्षेत्रमा समय व्यतित गर्न सकिनेछ भने अध्ययनमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

माया प्रेममा आफ्नो मानिससँग दिनभर भलाकुसारि गर्न पाउँदा मन प्रशन्न हुनेछ ।

भाग्य तथा समयले साथ दिने हुँनाले सानो प्रयत्नले ठूला कामहरु बन्नेछन् । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

धर्म संस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यवसायमा लगानी गर्नको लागि केहि समय कुर्नु नै उत्तम हुनेछ । काम गर्दा ध्यान दिनुहोला ऋण तथा संकटको सामना गर्नुपर्ने हुनसक्छ ।

मन परेको मानिस टाडिने हुँदा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

पढाई लेखाईमा मेहनेत गर्दामात्र नतिजा हात पार्न सकिनेछ । भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्त तथा ईष्ट मित्रबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नीबीच विश्वासको वातावरण बढेर जानेछ ।

पढाई लेखाईमा मन जाने तथा अरुलाई पछि पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ ।सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?