इरफान बितेको महिना दिनपछि श्रीमतीले लेखिन् भावुक ‘स्टाटस’

काठमाडौं । बलिउडका चर्चित अभिनेता इरफान खानको मृत्यु भएको महिना दिन बितिसकेको छ ।

इरफानको मृत्यु गत २९ अप्रिलमा भएको थियो । अहिले उनको परिवार उनलाई हरेक क्षण याद गरिरहन्छ ।

उनकी श्रीमती सुतापा सिकदरले एक पटक फेरी उनलाई या द गर्दै इमोशनल पोस्ट गरेकी छन् ।

उनले श्रीमान इरफान खानको फोटो पोस्ट गर्दै लेखेकि छन्, यहाँ भन्दा धेरै टाढा, ठीक र बेठिक भन्दा अगाडि एउटा खाली मैदान छ । म त्यहिँ मिल्नेछु ।

जब हाम्रो आत्मा घासमा आनन्दले सुत्नेछ र संसार कुरा गरेर थाकिसकेको हुनेछ । यो मात्र केहि समयको कुरा हो । भेटेरै कुरा गरौँला । तिमीसँग फेरी भेटेपछि ।

अहिले सोसल मिडियामा उनको पोस्ट भाइरल बनिरहेको छ । साथै सबैको मन रोहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?