काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण बलिउडका चर्चित ज्योतिषी बेजन दारुवालाको निधन भएको छ ।
९० वर्षका दारुवालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अहमदाबादको एक अस्पतालमा उनको उपचार भईरहेको थियो । तर उनका छोराले भने कोरोनाबाट उनका पिचाको निधन नभएको बताएको भारतीइ सञ्चारमाध्यमले बताएका छन् ।
उनका छोराले पिताको निधन निमोनियाबाट भएको बताएका छन् । उनी सारा विश्वमा भविष्यवाणीको विषयलाई लिएर चर्चित थिए ।
बलिउडका केही कलाकारहरु उनलाई सोधेर मात्र आफ्नो फिल्म रिलिज गर्दथे । उनको जन्म ११ जुलाई सन् १९३१ मा भएको थियो ।
उनले गरेका विभिन्न नेता तथा अभिनेताहरुको भविष्यवाणी सफल भएको थियो ।
त्यति मात्रै होइन दारुवालाले सन् २०१४ मा भविष्यवाणीमा लोकसभा चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जित्ने भविष्यवाणी पुरा भएको थियो ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ९८३ जनाको मृत्यु भएको छ भने १ लाख ७४ हजार ४९६ जनालाई संक्रमण भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया