नेपालमा एकैपटक १८९ जनालाई कोरोना संक्रमण, संक्रमितको कुल संख्या १,४०१ पुग्यो

काठमाडौं । नेपालमा आज (शनिवार) एकैपटक १८९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४०१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैपटक १८९ जनालाई संक्रमण भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १,४०१ पुगेको छ ।

कुल संक्रमित मध्ये ६ जनाको मृत्यु भईसकेको छ भने २१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप १३ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?