यस्ता १० देश जहाँ १० जनामा पनि कोरोना संक्रमण छैन

काठमाडौं । अहिले विश्व कोरोना भाइरसबाट त्रस्त छ । तर विश्वका यस्ता देश पनि छन् जहाँ १० जनामा पनि कोरोना भाइरस छैन । अझ उत्तर कोरियामा त अहिलेसम्म कोरोना भेटिएको खरब छैन । यो रहस्यमय देशको सूचना बाहिर आउन सकस हुने भएर पनि जानकारी नबाहिरिएको हुनसक्छ । तर केही यस्ता साना टापु देश जसमा साँचै १० जना भन्दा कम कोरोना संक्रमित छन् ।

त्यसमा एम एस जान्डममा हालसम्म ९ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै पपुवान्युगिनीमा पनि ८ जनामै कोरोना पुष्टि भएको छ । यस्तै ब्रिटीस भर्जिन आइल्याण्डमा ८, क्यारिबियन नेदरल्याण्डस्मा ६ जना, एसटी बर्थमा ६, वेस्टर्न सहारामा ६, अंगुलामा ३, लेत्सोमा २ जना र सेन्ट पियरे मिकेलनमा १ जना मात्रै संक्रमित फेला परेका छन् ।

त्यस्तै विश्वभर यो समाचार तयार पार्दासम्म विश्वभर ६० लाख ४८ हजार ८ सय ४९ भन्दा बढी कोरोना संक्रमित पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । यसैगरी ३ लाख ६७ हजार २ सय २७ जनाको मृत्यु भएको छ भने हालसम्म २६ लाख ७२ हजार ७ सय बढी मानिस निको भएका छन् ।

भाइरसबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा १ लाख ४५ हजार ४२ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?