प्रम ओलीलाई बंगलादेश भ्रमणको निम्तो

काठमाडौँ, ३ फागुन – प्रधानमन्त्री केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हुनुभएकामा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ प्रधानमन्त्री ओलीलाई बंगलादेशका प्रधानमन्त्रीले आज बधाई सन्देश पठाउँदै नेपाल र नेपाली जनताको कल्याणका निम्ति नेता ओलीले निर्वाह गर्नुभएको भूमिकाको नेपाली नागरिकले उच्च मूल्यांकन गरेको बताउनुभएको छ बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालको राजनीतिक नेतृत्वबाट प्राप्त सहयोग र समर्थनको स्मरण गर्दै प्रधानमन्त्री हसिनाले दक्षिण एशियाको शान्ति र समृद्धिका लागि प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीलाई यथाशक्य चाँडो उपयुक्त समयमा बंगलादेश भ्रमण गर्न पनि आमन्त्रण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?