जब सूर्यदेवकी पुत्रीले आफ्नो स्वयंवरमा मण्डप उखेलेर फालिन्

काठमाडौं । शनिदेव आफ्नै बहिनी अर्थात् सूर्यदेव र देवी छायाकी पुत्री भद्रा सूर्यदेवकी छोरी थिइन् । उनको स्वरुप एकदमै विकराल थियो । कृष्णरुप, लामो कपाल र डरलाग्दा दाँत थियो ।
भनिन्छ, भद्रा जन्मिए पछि यज्ञमा विध्वंश मच्चाउन थालेकी थिइन् । त्यति मात्रै होइन, भद्राले विभिन्न उत्सव तथा मंगल कार्यमा विघ्नबाधा सिर्जना गर्दै आएकी थिइन् ।

यस्तो आचरण आफ्नो छोरीको देखेपछि सूर्यदेवले कोहिसँग पनि विवाह गर्न वर पाएनन् । एकपटक जब सूर्यदेवले आफ्नी छोरी भद्राका लागि स्वयंवरको आयोजना गरेका थिए ।

त्यहाँ ठीक बनाइएको सबै आसन तथा मण्डप भद्राले उखेलेर फालिदिइन् । त्यसपछि सूर्यदेवले र व्रह्मदेवले भद्रालाई सम्झाए । र भने भद्रा तिमी बव, बालव आदि सबै कारणको अन्तिममा सातौँ करणको अन्तिममा सातौँ करणको रुपमा स्थित हुनू । र भने तिमीलाई त्इो बेला विष्ट नामले जानिनेछ ।

त्यति मात्रै होइन उनले भने, तिमीलाई जसले तिम्रो समयमा यात्रा गर्दछ, वा फेरी गृह प्रवेश वा कुनै शुभ कार्यमा, व्यापार अथवा कुनै प्रकारका मंगल कार्य गर्दा अरुले तिम्रो समय भन्दा अगाडि गर्याे भने तिमीले त्यसमा विघ्न बाधा गर्न सक्दछौ ।

त्यसपछि उनले व्रह्माको आज्ञा मानिन् र अहिले पनि भद्रकालको नाममा परिचित छन् । उनको अपेक्षा गर्नु भनेको नराम्रो हुनु हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?