यस्तो छ श्रीमद्भगवद्गीतामा-ज्ञानयोगको महत्व

काठमाडौं । ज्ञान दुई प्रकारको हुन्छ-एउटा भौतिक ज्ञान,जसमा शिल्प शास्त्र र अन्य प्रविधि सम्बन्धी ज्ञान पर्दछ ।

जसलाई भौतिक विज्ञान पनि भन्ने गरिन्छ । अर्को हो–अध्यात्मसम्बन्धी ज्ञान । उपनिषद्ले विशिष्ट किसिमको परमात्मा सम्वन्धी ज्ञानलाई पनि विज्ञान भन्ने गर्दछ । तैत्तीरीय उपनिषद्ले “मनोमयादन्योऽन्तर आत्मा विज्ञानमयः” २र४ ।

मनोमय शुक्ष्म शरिरभन्दा पनि परको जिवात्मालाई नै विज्ञानमय पुरुष मानेको छ । विज्ञान नै ब्रह्म हो,विज्ञानले नै यज्ञकर्म र अरु कर्मको विस्तार गर्दछ ।

भगवद्गीताको सातौँ अध्यायमा “ज्ञान तेऽह सविज्ञानम्” भनि व्याख्या गरिएको छ । यस शब्दले व्यावहारजन्य समग्र ज्ञानलाई बोध गराउँछ ।

वस्तुतः जसबाट अज्ञान,मोह तथा शोकादि अविद्याको नास हुन्छ र कर्मबन्धनबाट छुटकारा मिल्दछ ,त्यही ज्ञान हो ।

अज्ञानताले गर्दा नै मानिस सांसरिक विषयवासना र लालसामा फसेको हुन्छ । तर जव ज्ञान प्राप्त हुन्छ ,अनि ती सबै प्रकारका भासरुपी दलदलबाट माथि उठ्छ ।

ज्ञानको उद्बोधन भएपछि ईन्द्रियहरुलाई नियन्त्रण गर्ने क्षमताको विकाश हुन्छ र मानसीक दुर्वलता,अस्थिरता एवम् चञ्चलता हटाउन सकिन्छ ।

ज्ञानबाट नै अभिमान,अहंकार,क्रोध द्वेषादि दुर्भावनाहरु हट्तछन् र सबै प्रकारका ईच्छा,आकांक्षा तथा कामनाबाट मुक्त हुन सकिन्छ ।

यसरि सबै दुर्गुणबाट छ्ट्कारा पाएपछि अन्तरात्मामा ज्योतिर्मय ज्ञानको प्रकाश फैलिन्छ र दिब्य ज्ञानको अभ्युदय हुन्छ ।

ज्ञान आफैँ परिपूर्ण छ । यो ब्रह्माण्ड ज्ञानले नै ढाकेको छ । शुद्ध मन,वचन र कर्मद्वारा खारिएको शुद्ध ह्दय र मस्तिष्कबाट नै ज्ञानको उदय हुन्छ र अज्ञानता हटिसकेको शुद्ध ज्ञानले नै जीवनलाई पूर्णतातिर लैजान्छ । ज्ञान ब्रह्मस्वरुप छ र ब्रह्म स्वयम् नै पनि ज्ञानस्वरुप छ ,जो सत्य छ त्यो अनन्त पनि छ ।

भगवद्गीताले पुरुष र प्रकृति दुवै अनादी छन् , समस्त विश्व मायारुप प्रकृतिकै कार्यरुप हो भनि बताईएकोछ । सबै विकार र गुणहरु प्रकृतिबाट नै उत्पन्न भएका हुन् र प्रकृतिका गुणहरुले सम्पूर्ण जगत ढाकेको छ ।

शरिर ईन्द्रियादिको उत्पत्तिमा प्रकृति कारण बन्दछ र सुख दुःखादिको अनुभूति वा उपभोगमा पुरुष “जीव” कारण हुन्छ र प्रकृतिका रहेर नै पुरुष जीव ले नै प्रकृतिका गुणहरुको उपभोग गर्दछ । प्रकृति र पुरुष ‘जीवात्मा’ यी दुवै परमात्माका अधिन छन् , जो विश्व ब्रह्माण्डको स्रष्टा,भर्ता,भोक्ता र हर्ता परम महेश्वर पनि हुन् ।

अजो नित्यः शाश्वतोऽय पुराणो न हन्यते हन्यमाने शरीरे । भ.गी २र२०
नित्यःसर्वगतःस्थायु रचलोऽसनातनः ।। भ.गी २र२४

आत्मा नित्य छ , स्वतः प्रकाशित छ । अजर छ कहिल्यै ननासिने छ । न यो आत्मा जन्मन्छ न यो मर्छ नै ।

शरीर नाश हुँदा पनि यो नाश हुँदैन । आत्मा शाश्वत एवम् सनातन छ अचल एवम् स्थिर भएर पनि सर्वगत र सर्वव्यापी छ ।

यस किसिमका आत्मस्वरुपको पहिचान गर्नु नै ज्ञान हो । भगवद्गीताले यस ज्ञानयोगलाई नै साङ्ख्य योग मानेको छ । तर साङ्ख्यदर्शनले बताएको साङख्ययोग भने निकै भिन्न छ ।

भगवद्गीताका अनुसार विश्वब्रह्माण्डको नियामक शक्ति छ –जसलार्ई कृष्ण,वासुदेव,परब्रह्म,आत्मा,परमात्मा,अक्षर,अव्यक्त,ब्रह्म आदि नामले व्याक्त गरिएको छ । भगवान श्रीकृष्ण आज्ञा गर्नुहुन्छ –त्यही अव्यक्तरुप मबाट नै समस्त जगत् फैतिएको छ र म अध्यक्ष रहेको प्रकृतिबाट नै यस चराचर जगतको सृष्टि हुन्छ ।

भगवद्गीताको सातौँ अध्यायमा भौतिक प्रकृतिलाई ‘अपरा’ र जीवात्मालाई ‘परा’प्रकृति भनिएको छ । अपराभन्दा परा प्रकृति उत्कृष्ट छ र दुवै प्रकृति परमात्मा र परमेश्वरका अधीन छन् ।

पराप्रकृतिका रुपमा रहेको जीवात्मा परमेश्वरकै अंश हो र अन्ततः परमेश्वरमै लीन हुन्छ । यो जीवात्मा आथि उल्लेख भए अनुरुप नित्य,सर्वगत,शाश्वत,पुरातन,अचल र अविनाशी पनि छ ।

भगवद् गीताको तेह्रौँ अध्यायमा क्षेत्र र क्षेत्रज्ञको ज्ञान नै वास्तविक ज्ञान हो भनि बताईएको छ । ‘क्षेत्रक्षेत्रज्ञयोज्र्ञान यत्तज्ज्ञानं मतं मम’ भ.ग १३र२ क्षेत्र भनेको चौविस तत्वबाट निर्मित स्थूल शरीर हो जो क्षणिक छ र नाशवान पनि छ । क्षेत्र९शरीर० लाई क्षेत्रज्ञ हो । क्षेत्रज्ञ भनेको परब्रह्म परमेश्वर हुन ।

जसको विशद वर्णन वेद,उपनिशद,ब्राह्मसूत्रादीले गरेका छन् । यी दुवैको यथार्थ ज्ञान नै ज्ञान हो र ज्ञानप्राप्तिका साधनरुप अहिंशा,क्षान्ति,ऋजुता,आत्मनिग्रह,ईन्द्रियका विषयहरुप्रति विरक्ति,अहङकारको परित्याग,जन्ममरणको आदिलाई दुःखको कारण मान्नु र ईश्वरप्रति अनुराग,एकान्त सेवन,अध्यात्म ज्ञानको परिशीलन,तत्वज्ञानको खोजीमा संलग्न रहनु आदिलाई नै ज्ञान हो भनिएको छ ।

त्यसैले ज्ञानको भण्डार अनन्छ छ । ज्ञान एउटा माहासागर नै हो । भगवद्गीताले प्रतिपादन गरेको ज्ञानयोग बोधगम्य,सुगम,सहज र सरल पनि छ ।

भगवद्गीताको चारौँ अध्यायमा भनिएको छ–कर्मयज्ञभन्दा ज्ञानयज्ञ धेरै श्रेष्ठ छ र सबै कर्मको परिसमाप्ति ज्ञानमा हुन्छ ।

गुरुको समिपमा नगई उच्चतम् ज्ञानको प्राप्ति हुदैन र ज्ञान प्राप्त भएपछि जतिसुकै पापी भएपनि पापरुपी समुन्द्रबाट छुट्कारा मिल्दछ ।

त्यसैले ज्ञानरुपी अग्निद्धारा जसका अज्ञानजनित कर्महरु भस्म भएका छन् त्यही विद्वान हो र त्यही ज्ञानी हो । ज्ञानभन्दा पवित्र कुरा अरु कुनै छैन ।

महान ज्ञानी भएकाले नै जनकादी राजर्षिहरुले पनि कर्म परित्याग नगरि सिद्धि प्राप्त गरेका थिए ।

ज्ञान प्राप्तिद्धारा परमेश्वरको सार्धम्य (एकरुपता) प्राप्त गरेपछि सृष्टिको प्रारम्भमा पनि उत्पत्ति हुनुपर्दैन र प्रलयकालमा पनि जन्म–मृत्युरुप दुःखकष्ट सहनुपर्दैन ।

भगवद्गीताक्त ज्ञानयोगको परमलक्ष्य नै परब्रह्मतत्वको यथार्थ बोध हुनु हो र गराउनु हो, जसलाई जानेबुझेपछि अमृतत्व प्राप्त हुन्छ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?