नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्यः उपराष्ट्रपति पुन

तुलसीपुर, दाङ, ३ फागुन – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ दाङ उद्योग वाणिज्य संघद्वारा दाङको घोराहीमा आयोजित “व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी– २०७४” को आज उद्घाटन गर्दै उहाँले भन्नुभयो – “जलविद्युत्, कृषि, खनिज, पर्यटन र उद्योग कलकारखानाबाट नै नेपाल समृद्ध मुलुक बन्न सक्छ ।”उपराष्ट्रपति पुनले पछिल्लो समय मेला महोत्सव संस्कृतिकै रुपमा स्थापना भएको उल्लेख गर्दै यसले अर्थतन्त्रमा टेवा पु¥याउने बताउनुभयो देशको विकास निर्यात वृद्धिबाट नै हुने बताउँदै उहाँले अहिलको व्यापार घाटा नै हाम्रा लागि चुनौतीको विषय भएको धारणा व्यक्त गर्नुभयो उपराष्ट्रपति पुनले दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्री आयात गर्नुपर्ने अवस्थाले देशको अर्थतन्त्र नकारात्मक दिशातर्फ अघि बढेकोमा चिन्ता व्यक्त गर्दै पूँजीगत खर्च हुन नसक्नु र बैंकिङ क्षेत्रमा आर्थिक तरलता सिर्जना हुनुले अर्थतन्त्रलाई प्रभावित गरेको छ भन्नुभयो अहिलेको चुनौतीलाई पन्छाउँदै नेपाल र नेपालीको समृद्धिको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिदैं उहाँले अबको युग आर्थिक समृद्धिको भएको र मुलुकमा लगानीमैत्री वातावरण बनेकोसमेत बताउनुभयो उपराष्ट्रपति पुनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलिरहेकोे नेतृत्वदायी भूमिका अत्यन्त सराहनीय र प्रशंसनीय रहेकोसमेत बताउनुभयो सो अवसरमा नेकपा माओवादी केन्द्रका नेता एंव सांसद् कृष्णबहादुर महराले धेरै समय राजनीतिक परिवर्तनका लागि खर्च भएको बताउँदै अब देशको आर्थिक समृद्धि गर्ने समय आएको छ भन्नुभयो सांसद् मेटमणि चौधरीले अब नयाँ सरकारले आर्थिक समृद्धिको ढोका खोल्ने बताउनुभयो प्रदेशसभा सदस्य अर्जुनकु्मार श्रेष्ठले प्रादेशिक राजधानीका लागि आफू निरन्तर छलफलमा रहेको जानकारी दिनुभयो दाङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो यसअघि विभिन्न जातीय वेषभूषा र झाँकीसहित घोराही ट्राफिक चोकबाट निस्केको शोभायात्रा घोराही बजार परिक्रमा गरी महोत्सवस्थलमा पुगेर सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?