काठमाडौं । कोरोना भाइरसको कारण ठूलो संकटसँग लडीरहेको अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट आफू छुट्टिने निर्णय लिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार डब्ल्युएचओ चीनको नियन्त्रणमा रहेको र यस्तो महामारीको अवस्थामा कुनै पनि परिवर्तन गर्न नसकेको भन्दै आफूले डब्ल्युएचओसँगका सबै सम्बन्ध तोडेको जानकारी दिए । ट्रम्पले भने, अमेरिका विश्व स्वास्थ्य संगठनबाट आफ्नो सारा सम्बन्ध तोड्नेछ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार डब्ल्युएचओलाई चीनले वर्षको ४० मिलियन डलर दिन्छ र चीनको नियन्त्रणमा डब्ल्युएचओ रहेको छ ।
त्यस्तै अमेरिका डब्ल्युएचचओलाई हरेक वर्ष ४५० मिलियन डलर दिने गर्दछ । अमेरिकाले यस बेला डब्ल्युएचओसँग राखेको आश पुरा गर्न नसकेपछि डब्ल्युएचओसँग सबै सम्बन्ध तोड्ने निर्णय गरेको हो ।
अमेरिकाले डब्ल्युएचओलाई लगाएको छ यस्तो आरोप
गएका दिन अमेरिकाले डब्ल्युएचओलाई चीनको कठपुतली भएको आरोप लगाएको थियो । ट्रम्पले डब्ल्युएचओलाई चीनको ईशारामा चलेको अरोप लगाउँदै आएका छन् ।
चीनको वास्तविक आँकडा विश्वलाई नदिएको भन्दै अमेरिकाले कडा आपत्ति जनाउँदै आएको छ । विश्व स्वास्थ्य संगठनले सत्य जानकारी नदिएकै कारण अमेरिकासहित युरोपका देशमा महामारी उच्च स्तरमा पुगेको ट्रम्पको आरोप छ ।
अमेरिकाका राष्ट्रपति ट्रम्पले केहि समय अगाडि डब्ल्युएचओका निर्देशक डा. माइकल जे रायनलाई एक चिठी लेखेका थिए ।
यसमा उनले ३० दिन भित्र संगठनमा ठूलो परिवर्तन गर्न बताएका थिए । उक्त चिठीमा उनले अमेरिकाले डब्ल्युएचओलाई दिँदै आएको फन्ड रोक्ने चेतावनी दिएका थिए ।
आर्थिक संकटसँग लडिरहेको छ विश्व स्वास्थ्य संगठन
अमेरिकी फन्डिङ रोकिएपछि डब्ल्युएचओ आर्थिक संकटसँग लडिरहेको छ । उसको जम्मा बजेट २.३ बिलियन डलर रहेको छ ।
जो वैश्विक संस्थाको हिसाबमा धेरै कम हो । फन्डिंग कम भएको कारण डब्ल्युएचओ ठूलो समस्याको सामना गरिरहेको छ ।
अहिले मात्र चीनले नै उसलाई फन्डिंग दिएको छ । जो अमेरिकाको फन्डिंगको दशौँ भाग मात्र हो । यस बेला अमेरिका मात्र नभएर विश्वका अन्य धेरै देशहरुले पनि डब्ल्युएचओसँग संगठनको नियम परिवर्तनको माग गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया