भारतमा शुक्रवार अहिलेसम्मकै धेरैको मृत्यु, संक्रमित पनि हालसम्मकै उच्च

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सबैतिर व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीबाट ३ लाख ६६ हजार ८०९ जनाको मृत्यु भईसकेको छ भने ६० लाख ३० हजार २९४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २६ लाख ५९ हजार २५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५३ हजार ७३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ९८० जनाको मृत्यु भईसकेको छ भने १ लाख ७३ हजार ४९१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८२ हजार ६२७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा यतिबेला८५ हजार ८८५ जना स्वास्थ्योपचार गराईरहेका छन् । भारतमा शुक्रवार मात्र ८ हजार १०५ जना नयाँ संक्रमित थपिएका छन् । यो एकैदिन थपिएका संक्रमितको संख्यामा अहिलेसम्मकै धेरै हो ।

त्यस्तै शुक्रवार नै भारतमा २६९ जनाको मृत्यु भएको छ । यति धेरै संख्या एकैदिन मृत्यु भएको भारतमा यो पहिलोपटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?