दुई वर्षअघि इन्टरनेटमा १३ प्रतिशत कर बढाएको भनि आलोचित अर्थमन्त्री युवराज खतिवडाले यो पटकको बजेटमा रिचार्ज र सिमकार्डमा पनि २ प्रतिशत कर बढाएका छन् ।
दूरसञ्चार स्वामित्व शुल्कअन्तर्गत कर बढेको हो ।
यसअघि यो शीर्षकको कर ल्याण्डलाइन फोन र पोस्टपेड सिममा एक पटकका लागि ५०० रुपैयाँ तय गरिएको थियो ।
तर उपभोक्ताले अब जुनसुकै सिम र रिचार्ज कार्ड किन्दा २ प्रतिशत अतिरिक्त महसुल तिर्नुपर्नेछ ।
मोबाइलमा पोस्टपेड सिम लिँदा स्वामित्व शुल्कबापत एक पटक तिर्नुपर्ने ५०० रुपैयाँ भने हटेको कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया