विदेशबाट १० दिनभित्रै २५ हजार नेपाली ल्याइने

करिब १० लाख नेपाली स्वदेश फर्किन चाहेको तथ्यांक सार्वजनिक भइरहेका बेला सरकारले तत्कालका लागि २५ हजारलाई मात्रै फर्काउने निर्णय गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च्स्तरीय समितिको शुक्रबारको बैठकले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा १ सातादेखि १० दिनभित्र ल्याउने निर्णय गरेको हो ।
गत मंगलबार मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र नागरिकको व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गरेको थियो ।
त्यहीअनुसार समितिले नेपाली श्रमिकको उद्दार प्रक्रिया अगाडि बढाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?