अमेरिकामा फेरी बढ्न थाल्यो प्रकोप : यस्तो छ महामारीको ताजा स्थिती

काठमाडौं । विश्वमा कोरोना भाइरसको महामारी व्याप्त छ । अहिलेम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ३ लाख ६६ हजार ८०९ जनाको मृत्यु भईसकेको छ भने ६० लाख ३० हजार २९४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २६ लाख ५९ हजार २५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ७३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख ४ हजार ५४२ जनाको मृत्यु भईसकेको छ भने १७ लाख ९३ हजार ५३० जनालाई संक्रमण भएको छ । त्यस्तै अमेरिकामा अहिले ११ लाख ६९ हजार ४१९ जना स्वास्थ्योपचार गराईरहेका छन् भने १७ हजार २०४ जनाको स्वास्थ्यअवस्था गम्भीर रहेको छ ।

त्यस्तै ५ लाख १९ हजार ५६९जना स्वास्थ्इोपचार पछि निको भएका छन् । अमेरिकामा वर्ल्डोमिटरले जनाए अनुसार शुक्रवार मात्र २५ हजार ६९ जना संक्रमित थपिएका छन् भने १ हजार २१२ जनाको मृत्यु भएको छ ।

अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २९ हजार ७५१ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ७७ हजार ७१४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा ११ हजार ५३६ जनाको मृत्यु भएको छ भने १ लाख ६० हजार ३९१ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?