बितेको २४ घण्टामा रसियामा ८ हजार ५ सय बढीमा कोरोना संक्रमण

काठमाडौं । रसियामा यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या ३ लाख ८ठ हजार ६ सय २३ पुगेको छ । बितेको २४ घण्टामा कोरोनाको कारण २ सय ३२ जनाको ज्यान गएको र ८ हजार ५ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

वल्डोमिटरको तथ्यांकका अनुसार हालसम्म त्यहाँ कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ७४ पुगेको छ । भने संक्रमितमध्ये १ लाख ५९ हजार २ सय ५७ जना उपचारपछि निको भएर घर फर्किएका र २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ६४ हजार ३ सय ६० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ५९ लाख ७१ हजार ५ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै हालसम्म २६ लाख ३० हजार ६ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५३ हजार ६ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?