फ्रान्समा २८ हजार ६ सय बढीको मुत्यु, कति छन् संक्रमित ?

काठमाडौं । कोरोना महामारीले अहिले सारा विश्व नै त्रस्त छ । फ्रान्समा हालसम्म कोरोनाको कारण २८ हजार ६ सय ६२ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म फ्रान्समा १ लाख ६ हजार २ सय ३ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै हालसम्म ६७ हजार १ सय ९१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमित मध्ये १ हजार ४ सय २९ जनाको अवस्था गम्भीर रहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ६४ हजार ३ सय ६० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ५९ लाख ७१ हजार ५ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै हालसम्म २६ लाख ३० हजार ६ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५३ हजार ६ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?