प्रदेश नं. २ मन्त्रिपरिषद्को निर्णयः शहीदका परिवारका एक सदस्यलाई रोजगारी

महेन्द्रनगर (धनुषा) – प्रदेश नं. २ को पहिलो मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका शहीदका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ मुख्यमन्त्री र मन्त्रीहरुको सपथलगत्तै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मधेस आन्दोलनका शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो । परिवार भन्नाले आमाबाबु, छोराछोरी र श्रीमती पर्नेछ । रोजगारी दिँदा पहिलो प्राथमिकता श्रीमतीलाई दिइनेछ त्यस्तै बैठकले बन्द अवस्थामा रहेका सरकारी, अर्ध सरकारी उद्योगहरू पुनःसञ्चालनका लागि पहल गर्ने र प्रदेशमा विकास योजना अघि बढाउन आन्तरिक तथा वैदेशिक सहयोग प्राप्त गर्न केन्द्र सरकारसँग समन्वय गर्ने निर्णय गरेको छ यसैगरी प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई चयन गरेको छ यसअघि सपथ ग्रहण लिइसकेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालवावु राउत गद्दीले प्रदेशको विकासका लागि सुशासन, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ गरी पाँच ‘स’ लाई विशेष प्राथमिकतामा राख्ने घोषणा गर्नुभयो उपमाकुमारी देव उपसभामुखमा निर्वाचितप्रदेश नं. २ को उपसभामुखमा संघीय समाजवादी फोरमकी प्रदेशसभा सदस्य उपमाकुमारी देव निर्विरोध निर्वाचित हुनुभएको छ उपसभामुखका लागि संसद सचिवालयले प्रकाशन गरेको सूचनाको समयावधिभित्र देवको मात्र उम्मेदवारी परेको हुँदा उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो उहाँका प्रस्तावकमा फोरमका सांसद् ज्ञानेन्द्र यादव र समर्थकमा राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको सुरिता साह रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?