कोरोना विश्व अपडेट: ५३ हजार ६ सय बढीको अवस्था गम्भीर, कति पुगे मृतक र संक्रमित ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ६४ हजार ३ सय ६० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ५९ लाख ७१ हजार ५ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २६ लाख ३० हजार ६ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५३ हजार ६ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३ हजार ८ सय २५ पुगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १७ लाख ७८ हजार ६७ जनामा कोरोना संक्रमण फैलिएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण अमेरिकामा ४ सय ९५ जनाको ज्यान गएको र ९ हजार ६ सय ६ जनामा संक्रमण देखिएको छ । वल्डोमिटरको तथ्यांक अनुसार त्यहाँ ५ लाख २ हजार १ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार १ सय ६१ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २६ हजार ८ सय ८९ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोना संक्रमितको संख्या ४ लाख ४३ हजार ५ सय ४२ पुगेको छ । बितेको २४ घण्टामा मात्र थप ४ हजार ७ सय ३० जनामा कोरोना संक्रमण देखिएको र १ ३५ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै रसियामा यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या ३ लाख ८७ हजार ६ सय २३ पुगेको छ । बितेको २४ घण्टामा कोरोनाको कारण २ सय ३२ जनाको ज्यान गएको र ८ हजार ५ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ । वल्डोमिटरको तथ्यांकका अनुसार हालसम्म त्यहाँ कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ७४ पुगेको छ । भने संक्रमितमध्ये १ लाख ५९ हजार २ सय ५७ जना उपचारपछि निको भएर घर फर्किएका र २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

स्पेनमा बितेको २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ८५ हजार ६ सय ४४ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण २७ हजार १ सय २१ जनाको ज्यान गएको छ । हालसम्म १ लाख ९६ हजार ९ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा कोरोनाको कारण ज्यान गुमाउनको संख्या ३८ हजार १ सय ६१ पुगेको छ । बितेको २४ घण्टामा थप २ हजार ९५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार २ सय २२ पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा कोरोनाको कारण ३ सय २४ जनाको ज्यान गएको र संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३३ हजार २ सय २९ पुगेको छ । बितेको २४ घण्टामा त्यहाँ ५ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ३२ हजार २ सय ४८ पुगेको छ । हालसम्म इटालीमा कोरोना उपचार गरि १ लाख ५२ हजार ८ सय ४४ जना घर फर्किएका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितमध्ये ४६ हजार १ सय ७५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै फ्रान्समा हालसम्म कोरोनाको कारण २८ हजार ६ सय ६२ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म फ्रान्समा १ लाख ८६ हजार २ सय ३८ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ६७ हजार १ सय ९१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमित मध्ये १ हजार ४ सय २९ जनाको अवस्था गम्भीर रहेको छ ।

जर्मनीमा बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १० जनाले ज्यान गुमाएका छन् । हालसम्म त्यहाँ १ लाख ८२ हजार ९ सय १७ जना मानिस कोरोना संक्रमणको शिकार भएको अवस्थामा ८ हजार ५ सय ८० जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै १ लाख ६४ हजार १ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ९ सय ७५ पुगेको छ । वल्डोमिटरको तथ्यांक अनुसार बितेको २४ घण्टामा मात्र भारतमा ७ हजार ७ सय ५४ जनामा कोरोना संक्रमण देखिएको र २ सय ६४ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै हालसम्म कुल १ लाख ७३ हजार १ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । भने ८२ हजार ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् र संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?