कोरोना संक्रमितको हिसावले नेपाल विश्वको १०५ औं स्थानमा

काठमाडौं । कोरोना संक्रमितको हिसावले नेपाल विश्वको १०५ औं स्थानमा परेको छ । हालसम्म विश्वका विभिन्न टापु मुलुकसहित २१५ देशमा कोरोनाको संक्रमण रहेको अवस्थामा सबैभन्दा धेरै कोरोना संक्रमित रहेको सूचीको आधारमा नेपाल १०५ औं स्थानमा रहेको वर्डोमिटरर्सले जनाएको छ ।

हालसम्म नेपालमा १ हजार २ सय १२ जनामा संक्रमण हुनुका साथै ६ जनाको मृत्यु भएको छ । यस्तै २०६ जना निको भएर घर फर्र्किएका छन् । अहिलेसम्म १७ लाख बढी कोरोना संक्रमित सहित अमेरिका पहिलो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?