यार्सागुम्बा लुटेरा ४ वर्षपछि समातिए

काठमाडौं । डोल्पामा अन्तिम फैसला सुनाएको चार बर्ष पछि फरार एक अभियुक्त पक्राउ परेका छन् ।

यार्सागुम्बा लुटपाट मुद्धामा जिल्ला अदालत डोल्पाले ०७३ साल १ महिना ३१ गते अन्तिम फैसला सुनाइसके पछि फरार रहेका त्रिपुरासुन्दरी नगरपालिका ८ पहाडाका ३३ बर्षिय गणेश के।सी पक्राउ परेका हुन् ।

उनलाई अदालतले १२ बर्ष १ महिना १२ दिनको सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा प्रहरी चौकी त्रिपुराकोट र पहाडाको टोलीले संयुक्त रुपमा घरबाटै पक्राउ गरेर अदालत पुर्याइएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?