यस्तो छ विश्वमा महामारीको पछिल्लो अवस्था : कुन देशमा कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ६२ हजार ८१३ जनाको मृत्यु भईसकेको छ भने ५९ लाख ४० हजार ४४१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २६ लाख ६ हजार ८०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ९११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म १ लाख ३ हजार ३६५ जनाको मृत्यु भईसकेको छ भने १७ लाख ७० हजार ३०६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ९८ हजार ९३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ जनाको मृत्यु भएको छ भने १ हजार ८४५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ११९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८४ हजार ९८६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ३७ हजार ८३७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ६९ हजार १२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ३७४ जनाको मृत्यु भएको छ भने ३ लाख ८७ हजार ६२३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५९ हजार २५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २३२ जनाको मृत्यु भएको छ भने ८ हजार ५७२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार १४२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३१ हजार ७३२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५० हजार ६०४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४८९ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार ६६२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८६ हजार २३८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६७ हजार १९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ४२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५७४ जनाको मृत्यु भएको छ भने १ लाख ८२ हजार ५७२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ६४ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने १२० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण २६ हजार ७६४ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ३८ हजार ८१२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९३ हजार १८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ४६१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६० हजार ९७९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २४ हजार ३६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ६७७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४६ हजार ६६८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १४ हजार ९३१ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ५४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २ हजार ८१९ जना नयाँ संक्रमित थपिएका छन् भने ५० जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा बितेको २४ घण्टामा एक जना पनि संक्रमित थपिएका छैनन्। अहिलेसम्म चीनमा ८२ हजार ९९५ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ८०६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६८ हजार ३८७ जनालाई संक्रमण भएको छ ।

अहिलेसम्म भारतमा ७२ हजार २६५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार ८०६ जना नयाँ संक्रमित थपिएका छन् भने ९५ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ६ हजार ८७७ जनाको मृत्यु भईसकेको छ भने ८८ हजार ५१२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४६ हजार ८४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण ४ हजार ९९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४१ हजार ७७९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५९ हजार ४४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९२६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ४३० जनाको मृत्यु भईसकेको छ भने ५८ हजार ६१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ हजार ६८२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २१२ जना नयाँ संक्रमित थपिएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ९३१ जनाको मृत्यु भईसकेको छ भने ४६ हजार १२६ जनालाई संक्रमण भएको छ । त्यहाँ १८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १७६ जना नयाँ संक्रमित थपिएका छन् भने २८ जनाको मृत्यु भएको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै ३ हजार ३७७ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ४४७ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ८१ हजार ४०० जनालाई संक्रमण भएको छ भने ९ हजार ४४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ५६ हजार ६३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ३१७ जनाको मृत्यु भईसकेको छ भने ६४ हजार २८ जनालाई संक्रमण भएको छ ।

पाकिस्तानमा २२ हजार ३०५ जना उपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५७ जनाको मृत्यु भएको छ भने २ हजार ८०१ जनालाई संक्रमण भएको छ ।

विश्वमा बितेको २४ घण्टा यता मात्रै यो समाचार तयार पार्दासम्म १ हजार २६४ जनाको मृत्यु भईसकेको छ भने ३९ हजार ५३४ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको कुल संख्या १ हजार २१२ पुगेको छ भने २०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?