हेर्नुहोस् २०७७ साल जेठ १७ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ १७ गते । शनिवार । इ.स.२०२० मे ३० तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर ।

उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । जेष्ठ शुक्लपक्ष । तिथी– अष्टमी,१७ बजेर ०८ मिनेट उप्रान्त नवमी । नक्षत्र– पूर्वाफाल्गुनी,२६ बजेर २६ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग हर्षण,१७ बजेर ४१ मिनेट उप्रान्त वज्र । करण– भद्रा,०६ बजेर १२ मिनेट उप्रान्त बव,
१७ बजेर ०८ मिनेट उप्रान्त बालव ।

आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ६ बजेर १० मिनेटमा, सूर्यास्त १८ बजेर ५२ मिनेटमा । दिनमान ३४ घडी १५ पला । अष्टमी व्रत। गोरखकाली पूजा। वायु अष्टमी।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विद्या स्थानमा गोचर गर्ने चन्द्रमाले पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ । वुद्धिको प्रयोग गरी अरुलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाईने तथा उनीहरुको प्रगतिमा मन रमाउनेछ ।

मनमुटुमा राखेको मानिसबाट उपाहार प्राप्त हुँदा तपाईभन्दा खुशी अरु कोहि हुने छैनन् । तर पनि स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् ।

आफन्त तथा आमासँग टाडिने योग रहेको छ । व्यापारमा लगानी गर्नको लागि केही समय धैर्यधारण गर्नुहोला । तर पनि कृषि,पशुपालन तथा पुर्ख्यौली पेशाबाट धन आर्जन गर्न सकिनेछ । नचाहाँदा नचाहाँदै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राम्रा तथा परिणाममुखी काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थि काम गर्न सकिनेछ ।

लेख तथा रचनाको माध्ययमबाट संस्कार परिवर्तन गर्न तपाईको भुमिका महत्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ ।

प्रेममा नजिक हुन सकिनेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

विभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पारिवारिक माहोलमा समय बित्ने हुनाले दिन रमाईलो तथा उल्लासमय बित्नेछ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी ईज्जत कमाउन सकिनेछ ।

प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । व्यापारमा लगानी गर्नको लागि केही समय पर्खनु नै राम्रो रहेको छ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला ।

अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला । पढाई लेखाईमा अलि धेरै मिहेनतको खाँचो पर्ने देखिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अरुको भर पर्दा महत्वपूर्ण उपलब्धीहरु गुम्न सक्छ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पत्तीको परिचालन गर्दा ध्यान दिनुहोला ।

अरुलाई दिईएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाती रहनेछ । सहयोग गर्नेहरु टाडिनेछन् भने दाजुभाई तथा अग्रजहरुसँग मनमुटाव बढ्ने योग रहेको छ ।

खोज तथा अनुसन्धानको क्षेत्रमा अलि बढी मिहेनत गरेमात्र नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने छैन भने सामाजिक कामहरु समयमा सम्पादन नहुँदा जनताको आलोचना सहनु पर्नेछ ।

पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । स्वास्थ्यले साथ नदिने हुँदा काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा एक अर्काबीच मनमुटाव बढ्ने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

खोज तथा अनुसन्धानको शिलशीलामा लामो समय खटिनु पर्नेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहनेछ ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथीभाईसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ ।

भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाई लेखाईमा प्रगती हुनेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईको बिपक्षमा आउने हुनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुनु होला ।

स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला ।

अध्ययन अध्यापनमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । घर परिवार तथा आफन्तहरुसँग घरायसी कुरामा राय बाजिनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?