वीरेन्द्रनगरमा विद्युतिय बस संचालनदेखि, मुख्यमन्त्री युवा उद्यमी कार्यक्रमसम्म (पुर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेशसभामा प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरेका हुन् ।

प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्दै निरन्तरता दिने, मुख्यमन्त्री युवा उद्यमशिलता कार्यक्रम संचालन गर्ने तथा कृषि र उद्यम गर्ने युवाहरूलाई सहुलियत ऋण प्रदान गर्नेसम्मका नीति अघि सारेका हुन् ।

पर्यटन क्षेत्रको विकास गरेर कर्णालीको आर्थिक बृद्धिमा योगदान गर्ने बताउँदै उनले आर्थिक बृद्धि गर्नका लागि नीजि क्षेत्र, सहकारी क्षेत्रसँग सहकार्य गरेर रोजगारी बृद्धि गर्ने लक्ष्य राखेको बताए । एक जिल्ला एक पर्यकीय क्षेत्रको विकास गरिने जनाइएको छ ।

नीति तथा कार्यक्रममा कर्णाली प्रदेशका सबै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गरिने उल्लेख गर्दै प्रलेश प्रमुख कलौनीले सबै जिल्ला अस्पतालमा कम्तीमा १ सय शैया आईसोलेन, ५० सैयाको आइसियु बेड , ५ शैयाका आईसीयु र एक भेन्टिलेटरको व्यवस्था बताए ।

युवालाई उद्यम र रोजगारी दिनका लागि मुख्यमन्त्री युवा उद्यमी कार्यक्रम संचालन ल्याउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

विकास निर्माणका कामलाई अगाडी बढाउनका लागि ठुला पूर्वाधार विकासका लागि परियोजना बैंक बनाइने साथै जगदुल्ला र भेरी बबईमा जलबिद्युतमा प्रदेश सरकारले लगानी गर्ने नीति तथा कार्यक्रम समेटिएको छ ।

सडक निर्माणको गुरुयोजना निर्माण गरिने जनाएको छ । सुर्खेतदेखि हुम्लाका हिल्सासम्मको सडक निर्माणका लागि संघीय सरकारसँग सहकार्य गर्ने, कर्णाली प्रदेशका प्रमुख शहरमा विद्यतिय सवारी साधन संचालनमा ल्याउने प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा प्रदेशका सबै जिल्लाका विमानस्थलहरु संचालनमा गरिने साथै प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई हरित नगरका रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

हेर्नुहोस् कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रमको पुर्णपाठ

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/05/birendranagar.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?