मकवानपुरको कुन स्थानीय तहलाई कति बजेट ? यस्तो छ विवरण

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को कुल बजेटबाट मकवानपुर जिल्लाको १० स्थानीय स्थानीय तहको लागि ३ अर्व ७७ करोड ९८ लाख छुट्याएको छ । जसमध्ये हेटौँडा उप महानगरपालिकाको लागि सबैभन्दा बढी र इन्द्रसरोवर गाउँपालिकाले कम अनुदान पाएको छ ।

हेटौँडा उप महानगरपालिकाको लागि कुल ९८ करोड ८९ लाख बजेट छुट्याएको छ ।

त्यस्तै थाहा नगरपालिकाले ४० करोड २१ लाख अनुदान बजेट पाउने भएको छ ।

त्यस्तै इन्द्रसरोवर गाउँपालिकाले २१ करोड ६ लाख पाउने भएको छ ।

त्यस्तै कैलाश गाउँपालिकाले २५ करोड ७४ लाख पाउने भएको छ ।

बकैया गाउँपालिकाले ३८ करोड ८८ लाख पाउने भएको छ ।

बाग्मती गाउँपालिका ३० करोड ७८ लाख पाउने भएका छन् ।

त्यस्तै भिमफेदी गाउँपालिकाले ३० करोड ८७ लाख पाउने भएका छन् ।

मकवानपुरगढी गाउँपालिकाले ३२ करोड ५९ लाख पाउने भएका छन् ।

मनहरी गाउँपालिकाको लागि ३० करोड ९९ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै राक्सिराङ गाउँपालिकाले २७ करोड ९७ लाख अनुदान पाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?