नुवाकोटले भन्दा धादिङले पायो धेरै बजेट अनुदान, कुन स्थानीय तहलाई कति ?

काठमाडौं । संघीय सरकारबाट धादिङका १३ स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने भएको छ । आर्थिक वर्ष २०७७–७८ का लागि धादिङका दुई नगरपालिका र ११ गाउँपालिकाले सो अनुदान पाउने भएका हुन् ।

बजेटका हिसावले नुवाकोटको तुलनामा धादिङको धेरै रकम रहेको छ ।

नुवाकोटका १२ स्थानीय तहलाई ३ अर्ब ४४ करोड ९ लाख रूपैयाँ अनुदान दिने निर्णय भएकोमा १ स्थानीय तह बढी रहेको धादिङले तुलनात्मक रुपमा धेरै बजेट पाएको हो ।

जसअनुसार धुनीबेसी नगरपालिकाले ३३ करोड ५४ लाख बजेट पाएको छ भने नीलकण्ठ नगरपालिकाले ६२ करोड ८३ लाख बजेट अनुदान पाएको छ ।

यसैगरी बनियाबास गाउँपालिकाले १९ करोड ९८ लाख, गंगाजमुना गाउँपालिकाले ३२ करोड २ लाख, गजुरी गाउँपालिकाले ३२ करोड २९ लाख, गल्छी गाउँपालिकाले ३२ करोड ४२ लाख, ज्वालामुखी गाउँपालिकाले ३१ करोड ६२ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले ३७ करोड ५९ लाख, थाक्रे गाउँपालिकाले ३६ करोड २ लाख, नेत्रावती डबजोङ गाउँपालिकाले २४ करोड ३५ लाख, बेनीघाट रोराङ गाउँपालिकाले ४० करोड ९७ लाख, रुबी भ्याली गाउँपालिकाले १६ करोड ६६ लाख र सिद्धलेक गाउँपालिकाले ३६ करोड ५७ लाख बजेट अनुदान पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?