नुवाकोटका १२ स्थानीय तहमा ३ अर्ब ४४ करोड बजेट, कुनलाई कति ? (विवरणसहित)

काठमाडौं । आर्थिक वर्ष २०७७–७८ का लागि संघीय सरकारले नुवाकोटलाई मनग्य बजेट अनुदान उपलब्ध गराएको छ । नुवाकोटका १२ स्थानीय तह (२ नगरपालिका र १० गाउँपालिका) लाई ३ अर्ब ४४ करोड ९ लाख रूपैयाँ अनुदान दिने निर्णय भएको अर्थमन्त्रालयले जनाएको छ ।

जसअनुसार नुवाकोटका दुई नगरपालिकामध्ये विदूर नगरपालिकाले ५२ करोड ९४ लाख र बेलकोटगढी नगरपालिकाले झण्डै १० करोड कम अर्थात ४३ करोड १० लाख बजेट अनुदान पाउने भएको छ ।

यसैगरी ककनी गाउँपालिकाले ३० करोड ६८ लाख, किस्पाङ गाउँपालिकाले २२ करोड १६ लाख, तादीगाउँ गाउँपालिकाले २३ करोड ६८ लाख, तारकेश्वर गाउँपालिकाले २२ करोड ८ लाख, दुप्चेश्वर गाउँपालिकाले २६ करोड ७१ लाख, पन्चकन्या गाउँपालिकाले २२ करोड २५ लाख, म्यागङ गाउँपालिकाले २० करोड ५५ लाख, लिखु गाउँपालिकाले २३ करोड ९६ लाख, शिवपुरी गाउँपालिकाले ३२ करोड २ लाख र सूर्यगढी गाउँपालिकाले २३ करोड ७८ लाख अनुदान पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?