२०७७, १६ जेष्ठ शुक्रबार १७:२०

२३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ


प्रकाशित मिति : २०७७, १६ जेष्ठ शुक्रबार १७:२०

काठमाडौं । भक्तपुरमा जबरजस्ती करणी मुद्दाका फरार एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रे धुलिखेल नगरपालिका-८ पकुचा बस्ने २९ वर्षीय सुमन तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुर नगरपालिका-४ सूर्यविनायक डेरा गरी बस्ने २३ वर्षीया महिलालाई २०७६ साउन १ गते राति डेरामा गई जबरजस्ती करणी गरेको घटनामा संलग्न रही फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा बुझाएको छ ।

तामाङ उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस