काठमाडौं, ३ फागुन– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । बिहिबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् पदभार ग्रहणपछि बोल्दै ओलीले आफ्नो मुलुकको विकास र समृद्धिमा केन्द्रीत हुने बताए यसअघि ओलीले लैनचौरस्थित शहीद उद्यानमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरे राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलगत्तै प्रधानमन्त्री ओलीले शहीद उद्यान पुगी शहीदप्रति पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया