कर्णालीमा मुख्यमन्त्री युवा उद्यमी कार्यक्रम संचालन गरिने

काठमाडौं । कर्णालीमा मुख्यमन्त्री युवा उद्यमी कार्यक्रम संचालन गरिने भएको छ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री युवा उद्यमि कार्यकर्म संचालन गरि उत्पादनमूलक क्षेत्रमा परिचालन युवा परिचालन गरिने बताएका हुन ।

साथै मुख्यमन्त्री रोजगार काकार्यक्रम परिमार्जन गरि संचालन गरिने भएको छ । साथै कृषि र उद्योगमा लगानी गर्ने युवाहरूलाई ऋण सहुलियत उपलब्ध गराइने प्रदेश प्रमुख कलौनीले बताए ।

वडास्तरमा श्रम सहकारी, श्रम कार्यदल र श्रम स्वयंसेवक कार्यक्रम संचालन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?